श्रीकृष्णजन्माष्टमी पर्व आज पूजा–आराधना गरी मनाईँदै

काठमाडौं, ३१ साउन । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै ब्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । अन्याय, अत्याचार र राक्षसी…