अध्यक्षले एक घण्टामा बन्छ भनेको सडक ३ दिनसम्म पनि बनेन

सर्लाही, २१ असोज । अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । शनिबार राति परेको भारी वर्षाका कारण सडकको झन्डै १५ मिटर भाग बगाएको छ । त्यहाँ बनेको करिब १० फिट गहिरो खाडलमा पानी भरिएपछि पैदलयात्रु र सवारी आवतजावत ठप्प भएको छ ।…