प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने

काठमाडौं, २९ असोज ।  सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा बोलाउनुभएको छ । प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्न सभामुखले बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाउनुभएको हो । सभामुख घिमिरेले संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने कि नजाने ? भनेर दलहरूको धारणा लिन लागेको प्रेस सल्लाहकार शेखर अधिकारीले…