काठमाडौं, १८ असार । ललितपुर महानगरले महानगरबासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबीच आज प्रिमियम तिर्नेसम्बन्धी समझदारी पत्रमा ललितप्रले महानगरबासीको स्वास्थ्य बीमामा ४० प्रतिशत प्रिमियम तिर्ने उल्लेख गरेको छ । समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको…