काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) ले देशका प्रमुख राष्ट्रिय धरोहरहरू– सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने घटनामा संलग्नहरूलाई कहिल्यै नबिर्सिने र माफी नदिने कठोर उद्घोष गरेको छ। भक्तपुरको सल्लाघारीमा जारी पार्टीको एघारौं महाधिवेशनको उद्घाटन समारोहमा एमालेले गत भदौ २४ गतेको विध्वंशमा संलग्नहरूलाई लक्षित गर्दै यस्तो चेतावनी दिएको हो।अध्यक्ष केपी शर्मा ओलीले समारोह उद्घाटन…