काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई एम्बुलेन्स सेवालाई अझ बढी प्रभावकारी बनाउन निर्देशन दिएको छ । एम्बुलेन्स सेवालाई प्रभावकारी बनाएर जेनजी आन्दोलनका घाइतेहरूलाई समयमै अस्पताल पुर्याउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले जारी गरेको पत्रमा घाइते नागरिकहरूको जीवन रक्षाका लागि तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ…