काठमाडौं, २५ चैत्र । प्रतिनिधिसभाको उपसभामुख पदका लागि पर्सि शुक्रवार चैत २७ गते चुनाव हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख चुनावको मिति तोक्नुभएको हो ।
सभामुख र उपसभामुखमा फरक दल र फरक लिङ्गको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभामा एउटै दलको मात्रै प्रतिनिधित्व भएको वा एकभन्दा धेरै दल भए पनि एकल उम्मेदवारी परेको अवस्थामा सभामुख र उपसभामुख दुवै एउटै दलको पनि हुन सक्दछ ।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीसहित ६ वटा दल छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ जना सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद् छन् ।
अब रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुने पक्का छ ।








प्रतिक्रिया