काठमाडौँ, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर बेवास्ता गरेको आरोप लागेपछि पार्टीभित्रै छानबिनको माग उठेको छ। रास्वपाकी सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा सत्यतथ्य अनुसन्धान हुनुपर्ने बताउँदै पार्टीभन्दा माथि उठेर न्यायको पक्षमा उभिनुपर्ने धारणा सार्वजनिक गर्नुभएको हो। उहाँले “महिला चाहे स्वदेशी होस् वा विदेशी, आखिर…