काठमाडौँ, ७ असोज । दिल्लीस्थित नेपाली दूतावासमा रहेको आवासीय सुविधा तथा अति विशिष्ट आतिथ्य सेवामा तत्कालका लागि रोक लगाइएको छ । स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत दूतावासको आवासीय सुविधा प्रयोग गर्न पाएनन् । डा. यादव हाल दिल्लीको छतरपुरस्थित जैन मन्दिर धर्मशालामा बसेर अखिल भारतीय आयुर्विज्ञान संस्थान…