काठमाडौं, ८ भदौ । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उमेदवार कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो । शेर्पाले ३४२ र गुरुङले २८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा…