ओलीको नयाँ सन्देश – ‘युवाको मन बुझ्न ढिलो भयौँ, जनतासँगको सम्बन्ध कमजोर भयो’

काठमाडौं, ५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यहोरेको चुनावी पराजयप्रति अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्न आफू तयार रहेको बताउनुभएको छ । आजदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पराजयको जिम्मेवारी स्वीकार गरे पनि यसलाई निराश भएर पछि हट्ने समयका रूपमा लिन नहुने…