बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जा, २८ भदौ । स्याङ्जाको वालिङ–१३ तारुखोलामा किसानले धान र मकैको विकल्पमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन् । बाँदरले क्षति नगर्ने र खाद्यान्न बालीभन्दा राम्रो आम्दानी हुने भएपछि किसान खुर्सानी खेतीतर्फ आकर्षित भएका हुन् । तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ । वालिङ नगरपालिकामा सञ्चालित कृषि…