कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ र आशुतोष पक्राउ

काठमाडौं, २७ असोज । कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ दास र आशुतोष रान्कालाई प्रहरीले पक्राउ गरेको छ । दिल्लीको जन्तरमन्तरतर्फ अगाडि बढ्ने प्रयास गर्दा प्रहरीले उनीहरूलाई मंगलबार बिहान हिरासतमा लिएको हो ।

भारत सरकारले जन्तरमन्तरमा प्रदर्शन गर्न सोमबारदेखि रोक लगाएको छ । प्रहरीले सिजेपीसँग सम्बन्धित अजिंक्य शिन्देसहित धेरै अन्य समर्थकहरूलाई पनि पक्राउ गरेको छ । सिजेपीका संस्थापक अभिजीत दीपकेले यस घटनाको बारेमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक भिडियो पोस्ट गरेका छन् ।

भिडियोमा केही पार्टी समर्थकहरू जन्तरमन्तर पुग्न खोजिरहेको देखिन्छ । दीपकेले भिडियोसँगै लेख्नुभएको छ,‘आज बिहानै सिजेपी तिरंगा बोकेर जन्तरमन्तरमा प्रवेश गरे, त्यसपछि दिल्ली प्रहरीले उनीहरूलाई पक्राउ गर्यो । आशुतोष रान्का, सौरभ दास, अजिंक्य शिन्दे र अन्य टोली सदस्यहरूलाई हिरासतमा लिइएको छ ।’

अभिजित दिपकेले भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘नरेन्द्र मोदी, तपाईं विरोध प्रदर्शन समाप्त गर्न सक्नुहुन्न ।’

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  १४ : १०  बजे