नारायणीमा ६० वर्षयताकै ठूलो बाढी, करोडौँका संरचना बग्यो

चितवन,१४ असोज । नारायणी नदीमा ६० वर्षयताकै ठूलो बाढी आएपछि नदी किनारमा निर्माण गरिएका करोडौँ रुपैयाँका पर्यटकीय तथा पूर्वाधार संरचना बगाएको छ। बाढीको बहाव बजार क्षेत्रतर्फ बढेपछि नारायणगढ बजारसमेत जोखिममा परेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार गत आइतबार नारायणीमा ११ दशमलव ९३ मिटर जलसतह मापन भएको थियो। सन् १९६३ मा जलमापन सुरु भएयता यो सबैभन्दा…