‘अन्धविस्वास’ले अर्जेन्टेली राष्ट्रपति विश्वकप फाइनलमा उपस्थित नहुने, घरवाटै हेर्ने

काठमाडौं, ३ साउन । अर्जेन्टिनाका राष्ट्रपति हाभियर माइलीले आज हुने विश्वकपको फाइनल खेलमा उपस्थित नहुने निर्णय गर्नुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति माइलीले अन्धविश्वासका कारण आफ्नो देश र स्पेनबीच हुने विश्वकपको फाइनल खेल हेर्न नजाने बताउनुभयो । ५५ वर्षीय माइलीले आफू संयुक्त राज्य अमेरिका नजाने र अन्य सबै खेलहरूमा झैँ यसपटक पनि राष्ट्रपतीय निवासबाटै खेल हेर्ने…