काठमाडौं, १९ साउन । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक उडानको हवाई भाडा पनि वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नयाँ भाडादर मंगलबारदेखि लागू भएको छ।
प्राधिकरणका अनुसार विभिन्न गन्तव्यमा भाडा वृद्धि गरिएको छ। काठमाडौं–धनगढी रुटमा ८८० रुपैयाँ, विराटनगर–धनगढीमा १ हजार २९० रुपैयाँ र नेपालगन्ज–भद्रपुर रुटमा १ हजार १७० रुपैयाँसम्म भाडा बढेको छ।
त्यसैगरी, काठमाडौं–नेपालगन्ज रुटमा ६५५ रुपैयाँ, काठमाडौं–भैरहवा रुटमा ४१० रुपैयाँ तथा काठमाडौं–पोखरा रुटमा ३१५ रुपैयाँले भाडा वृद्धि भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनका कारण स्वचालित भाडा समायोजन प्रणालीअनुसार नयाँ भाडादर लागू गरिएको जनाएको छ।
प्रमुख रुटमा भाडा वृद्धि:
- काठमाडौं–धनगढी : +८८० रुपैयाँ
- विराटनगर–धनगढी : +१,२९० रुपैयाँ
- नेपालगन्ज–भद्रपुर : +१,१७० रुपैयाँ
- काठमाडौं–नेपालगन्ज : +६५५ रुपैयाँ
- काठमाडौं–भैरहवा : +४१० रुपैयाँ
- काठमाडौं–पोखरा : +३१५ रुपैयाँ







प्रतिक्रिया