मेयर हुँदा निहारिकाको पक्षमा उभिएका बालेन, प्रधानमन्त्री हुँदा पक्राउपछि उठ्यो दोहोरो मापदण्डको प्रश्न

काठमाडौं, ८ साउन । न्यायको माग गर्दै आन्दोलनरत निहारिका राजपुत र बिनु यादवलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लागेको छ। सामाजिक सञ्जालमा यस विषयलाई लिएर व्यापक बहस र आलोचना भइरहेको छ। असार २९ गते सिंहदरबार दक्षिण गेटमा गृहमन्त्रीसँग भेट नपाएको भन्दै धर्ना दिएका निहारिका र…