चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौं, २५ भदौ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी प्रसारण संस्था ‘सीसीटीभी’ का अनुसार जहाजमा सवार कुल ४२ जनामध्ये १७ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । उद्धार गरिएकामध्ये ५ जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको…