काठमाडौं, १८ मंसिर । देशका ३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, आपराधिक विश्वासघात र हुन्डीसमेतको कसुरमा उहाँहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रतिवादी पाँचै…