काठमाडौं, १९ चैत्र । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन कमलादीस्थित प्रज्ञा भवनमा हुने तय गरिएको छ। महासंघको अध्यक्ष पदका लागि कालिका कन्स्ट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामा बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। दुवै उम्मेदवार आफ्नो प्यानलसहित चुनावी मैदानमा…