पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो

काठमाडौं, २१ वैशाख । नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिल महिनामा पर्यटक आगमनमा ७ प्रतिशतभन्दा धेरैले घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको अप्रिलमा १ लाख ७ हजार ९३४ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् । यो सङ्ख्या गएको वर्षको अप्रिलको तुलनामा ७।३ प्रतिशतको गिरावट हो । सन् २०२५ को…