काठमाडौं, २० चैत्र । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार रेमिट्यान्स आप्रवाहमा ३७।७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ९।५ प्रतिशतले बढेको थियो । गएको फागुनमा १ खर्ब ८८ अर्ब ६४ करोड…