ग्यास उद्योग र डिपोमा उद्योगमन्त्रीको अनुगमन, अप्ठ्यारोमा परेकालाई प्राथमिकता दिन निर्देशन

काठमाडौँ, २३ साउन । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्न सरकारले अनुगमन तीव्र बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार काठमाडौँका ग्यास उद्योग तथा डिपोको अनुगमन गरी आपूर्ति अवस्थाबारे जानकारी लिएकी छन् । मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ तथा…