काठमाडौं, २८ साउन । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसहित विशेष अदालत र महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार यस्तो आदेश दिएको हो । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू…