लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, २ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितका समस्या सरकारले गम्भीरतापूर्वक लिएर दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि धर्नामा बसिरहेका वित्तीय पीडितहरूलाई भेट्न पुग्नुभएकी भण्डारीले आन्दोलनरत महिला तथा अन्य पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। पीडितका माग र समस्याबारे जानकारी लिएपछि…