काठमाडौं, ११ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ। बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न बैंक तथा निजी क्षेत्रका संस्थाले उक्त रकम सहयोग गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले ३ करोड,…