बाढीमा क्षति पुगेका कम्पनीको कारोबारमा विशेष निगरानी गर्न नेप्सेलाई सेबोनको निर्देशन

काठमाडौं, १६ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परेर क्षतिग्रस्त सूचीकृत कम्पनीहरूको विवरण सार्वजनिक गर्दै कारोबारलाई विशेष निगरानी गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ । नेप्सेलाई सेबोनले भोटेकोसी नदी प्रणालीका आसपास सञ्चालनमा रहेका तथा निर्माणधीन विभिन्न जलविद्युत् आयोजना, सम्बन्धित प्रसारण संरचना तथा अरू भौतिक पूर्वाधारमा क्षति पुगेको…