ग्यास सहज नहुँदा उद्योगमन्त्री यादवको आक्रोश : ‘उद्योगीलाई पाता नफर्काएसम्म समस्या समाधान हुँदैन’

काठमाडौं, २४ भदौ । उद्योगमन्त्री गौरी यादवले ग्यास अभावको सबै दोष कर्मचारी र व्यवसायीलाई थोपर्नुभएको छ । कर्मचारीले आफूलाई असहयोग गर्दा केही काम गर्न नसकेको उहाँको भनाइ छ । आज उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले कर्मचारीहरु उद्योगीको ईशारामा चल्ने र आफूले भनेको अटेर गर्ने गरेको बताउनुभयो । उहाँले कडा आक्रोश पोख्दै व्यवसायीलाई पाता नफर्काएसम्म…