क्यूजे मोटरको दसैँ अफर : २० हजारसम्म नगद छुटदेखि १ लाखको छात्रवृत्तिसम्म

काठमाडौं, २२ असोज । चिनियाँ दुईपांग्रे सवारीसाधन ब्रान्ड क्यूजे मोटर (QJMotor) ले बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।

नेपालका लागि क्यूजे मोटरको आधिकारिक वितरक ह्याम्स (HAMs–Highly Advanced Motors) ले ‘This Dashain, Ride with QJ’ नारासहित ग्राहक लक्षित दसैँ अफर ल्याएको हो ।

अफरअन्तर्गत क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

त्यस्तै, पाँच जना भाग्यशाली ग्राहकले १० हजार रुपैयाँ बराबरको स्मार्टवाच जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। ग्राहकका लागि १ लाख रुपैयाँसम्मको शैक्षिक छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ ।

कम्पनीका अनुसार अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। दसैँ, तिहार तथा छठको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अफर ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले पर्वको अवसरमा ग्राहकलाई थप सुविधा र आकर्षक उपहार प्रदान गर्ने उद्देश्यले योजना सार्वजनिक गरेको बताएको छ ।

कार्यक्रममा सहभागी हुन वा थप जानकारीका लागि कम्पनीले सम्पर्क नम्बरहरू +977 971-4504173 र +977 971-4504175 समेत उपलब्ध गराएको छ ।

नेपाली दुईपांग्रे बजारमा प्रिमियम र आकर्षक डिजाइनका सवारी साधनहरू भित्र्याउँदै आएको क्यूजे मोटरको यो नयाँ लन्चलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  २० : ५०  बजे