नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

काठमाडौं, ५ भदौ ।  सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरिएको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई ऊर्जामा लगेर सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । कार्यकारी निर्देशकमा नियुक्त भएका सिलवाल प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  २० : ४०  बजे