बर्दियामा बेवारिसे कटुवा पेस्तोल फेला

बर्दिया, २३ साउन। बर्दियाको बढैयाताल गाउँपालिकास्थित कर्णालीपुर जाने बाटोमा प्रहरीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले उक्त पेस्तोल फेला पारेको हो।

बेवारिसे अवस्थामा भेटिएको पेस्तोल कसले र कुन उद्देश्यले त्यहाँ छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  ०८ : ३३  बजे