काठमाडौं, २३ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै जनतालाई नआत्तिन आग्रह गर्नुभएको छ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले काममा ढिलाइ भए पनि गलत निर्णय नहुने बताउनुभएको हो।
उहाँले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने उल्लेख गर्दै परिस्थितिअनुसार एक्लै लड्नुपर्ने अवस्था आउने बताउनुभयो।
प्रधानमन्त्री शाहले भन्नुभएको छ, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’







प्रतिक्रिया