ललितपुर महानगरले अनधिकृत संरचना हटायो

काठमाडौं, २२ भदौ ।   ललितपुर नगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनधिकृत संरचना हटाएको छ ।

महानगरले गएको साउन १७ गते ३५ दिने सूचना निकालेर यस क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन आग्रह गरेको थियो । तर यस अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगरले आज डोजर चलाएर संरचना भत्काएको हो ।

महानगरपालिकाको वडा नम्बर ५ जावलाखेलमा रहेको न्हुः पोखरीको उत्तरपूर्व भागमा बनेका अनधिकृत संरचनालाई बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण सङ्घले प्रयोग गर्दै आएका थिए ।

पोखरीको जग्गामा अतिक्रमण बढेपछि महानगरले सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीको संरक्षण गर्ने नीति बमोजिम न्हुः पोखरीको जीर्णोद्वार तथा पुनर्निर्माण गर्न लागेको हो । यस कार्यका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन गरेको महानगरले जनाएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार  १५ : ५१  बजे