राष्ट्रपतिद्वारा सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी

काठमाडौं, १७ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।

सरकारले ६ वटा अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिले एउटा मात्रै जारी गर्नुभएको हो । सरकारले सहकारीसहित संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । अध्यादेशहरूमाथि राष्ट्रपति पौडेलले संविधान र कानूनविद्हरूसँग परामर्श गर्दै हुनुहुन्छ । यसैवीच राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको छ।
सरकारले यसअघि पठाएका ४ अध्यादेश अझै स्वीकृत हुन बाँकी छ । आजै अध्यादेशबारे राष्ट्रपतिले कानुनविद्हरूसँग छलफल गर्नुभएको थियो ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  २० : ३२  बजे