काठमाडौं, १७ वैशाख। आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटको उपाधि होडबाट नेपाल बाहिरिएको छ । आज भएको खेलमा अमेरिकाले इटालीलाई हराएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।
अमेरिकाले एक खेलअघि नै उपाधि पक्का गरेको छ । अमेरिका ७ खेलमा १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । इटाली ७ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।
प्रतियोगितामा अहिले नेपाल र भानुआतुबीचको खेल चलिरहेको छ । नेपाल ६ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । भानुआतु ७ खेलमा २ अङ्कसहित पुछारमा छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् ।








प्रतिक्रिया