काठमाडौं, १८ वैशाख । जेनजी अलाइन्स मुभमेन्टले बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ । सुकुम्वासी बस्ती हटाएको विरोधमा प्रधानमन्त्री बालेन शाह र सरकारको बिरोधमा प्रदर्शन गरिएको हो । विहिवार सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न पुगेको मुभमेन्टको टोलीलाई प्रहरीले रोकेपछि माइतीघरमा प्रदर्शन गरेको हुन् ।मानवअधिकारको संरक्षण गर, मलाई थाहा दे सरकार, लोकतन्त्रमाथि डोजर स्विकार्य छैन, ३ दिनको विदा सुकुम्वासी अलविदा, जनता सडकमा न्यायाधीश छुट्टिमा, बस्ती उठ्ने झ्याप झ्याप न्यायाधीश चुपचापजस्ता नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।
0
Shares








प्रतिक्रिया