काठमाडौं, १८ भदौ । रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण भोटेकोशी बाढीले जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएपछि नेपालबाट बंगलादेशतर्फ हुँदै आएको विद्युत् निर्यात रोकिएको छ । बाढीका कारण भारततर्फ निर्यात हुँदै आएको विद्युत्समेत कटौती गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा…