काठमाडौं, १६ असोज । फ्लाईदुबईका पाइलट स्मित मछारले बुधबार भएको शंकास्पद अपहरणको प्रयासपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गर्नुभएको छ । दुबईबाट इजरायलको तेलअभिव उडेको फ्लाईदुबईको विमानका पाइलट मछार कोपाइलटको हिंस्रक आक्रमणमा पर्नुभएको थियो । अनेक जुक्ति लगाएर स्मितले विमानमा रहेका १७४ जना यात्रु बचाउनुभएको थियो । आफू गम्भीर घाइते भएर बाँच्नका लागि संघर्ष गरिरहँदा पनि…