काठमाडौं, १ साउन । इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा गाजामा कम्तीमा ९३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३० जना खाना सहायताको लागि पर्खिरहेका मानिस रहेको अल जजिरालले जनाएको छ । लगातारको आक्रमणका कारण मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । यसैबीच, इजरायलले सिरियाको राजधानी दमास्कससहित विभिन्न क्षेत्रहरूमा आक्रमण गरेको छ…