काठमाडौं, १४ साउन । इरानको राजधानी तेहरानमा इजरायलसँगको १२ दिने युद्धमा मारिएका सैन्य कमाण्डर र परमाणु वैज्ञानिकहरूसहित झन्डै ६० जनाको राजकीय सम्मानका साथ अन्तिम संस्कार भइरहेको छ । तेहरानको एन्घेलाब स्क्वायरनजिकै इरानी झन्डाले ओढाइएका कमान्डरहरूको तस्बिरसहितका शव बाकस मानिसहरूको भीडले घेरिएका देखिन्छन् । यही हप्ताको शुरुमा इरानका प्रमुख परमाणु ठाउँहरुमा बम विस्फोट गराएर अमेरिका प्रत्यक्ष…