काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट आज चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको थियानजिन सहरमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री ओली आज बेइजिङ पुगेका हो । बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गले दिने रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी…