कङ्गो र युगान्डामा इबोलाबाट ज्यान गुमाउनेको सङ्ख्या ८८ जना पुग्योः तीन सयभन्दा धेरै शङ्कास्पद सङ्क्रमित

काठमाडौं, ५ जेठ । कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा ८८ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । ३०० जना भन्दा धेरै शङ्कास्पद सङ्क्रमित रहेका छन् । यो प्रकोप अहिले कोरोना महामारीजस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको…