युद्दबिराम यता इजरायली हमलामा १०९२ प्यालेस्टाइनीको मृत्यु

गाजा, २६ असार । पछिल्लो एक दिनमा इजरायली आक्रमणमा कम्तीमा ८ प्यालेस्टिनीको मृत्यु भएको छ ।

गाजा क्षेत्रमा पछिल्लो २४ घण्टाभित्र भएका इजरायली आक्रमणमा परी ८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भग्नावशेषमुनि फसेका वा सडकमा परेका थप पीडितहरूसम्म उद्धार तथा नागरिक सुरक्षा टोलीहरू पुग्न सकेका छैनन् ।

गत अक्टोबरमा ‘युद्धविराम’ लागू भएयता इजरायलको कब्जाकारी सेनाको कारबाहीमा परी कम्तीमा १ हजार ९२ प्यालेस्टिनीको मृत्यु भएको छ भने ३ हजार ५०७ जना घाइते भएका छन् ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार  १५ : ०२  बजे