काठमाडौं, २५ वैशाख । इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीन जना पदयात्रीको ज्यान गएको छ । हाल्माहेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य २० जना पर्वतारोहीको खोजी भइरहेको इन्डोनेशियाली अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ७ बजेर ४१ मिनेटमा ज्वालामुखी विस्फोट भएको हो । स्थानीय…