काठमाडौं, ४ कातिक । यमनको हुथी विद्रोहीले आफ्नो साना कम्पाउण्डमा छापा मारेर पक्राउ गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्मचारीहरू स्वतन्त्र भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यमनमा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालयले शनिवार हुथी सुरक्षा फौजले शहरको परिसरमा ‘अनधिकृत प्रवेश’ गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय ९यूनिसेफ०का यमनका…