आईपीएल क्रिकेट : मुम्बईले दिल्लीलाई १२ रनले हरायो, राजस्थान बैङ्गलुरुसँग नौ विकेटले पराजित

काठमाडौं, १ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको दिल्लीलाई मुम्बईले १२ रनले हराएको हो । मुम्बईले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । दिल्लीका करुण नायरले सर्वाधिक ८९ रन बनाए…