काठमाडौं, १८ मंसिर । सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर(१ मा प्रवेश गरेको छ । सुदूरपश्चिमले बिहीबारको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै शतप्रतिशत विजय यात्रालाई कायमै राख्यो । सुदूरपश्चिमले पहिलो ६ खेल नै जितेर फाइनलनजिक पुगेको हो । सुदूरपश्चिमको यस विजयले विराटनगर किंग्स पनि प्लेअफमा सुरक्षित भएको…