काठमाडौं, २४ असार । नेपालले अष्ट्रेलियामा अगस्ट १४ देखि २४ तारिखसम्म टप इन्ड टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । सिरिज आयोजक अष्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी) ले सोमबार सहभागी खेल्ने सबै टोली र खेलको तालिकासमेत सार्वजनिक गरेको छ । प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ । जसमा अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश…