रविन्द्र ढाँट ‘रोड टू युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली

काठमाडौं, १५ जेठ । नेपाली मिक्स मार्सल आर्ट(एमएमए) फाइटर रविन्द्र ढाँटले ‘रोड टू युएफसी सिजन ५’को सेमिफाइनलमा स्थान बनाएका छन् । मकाउको ग्यालेक्सी एरेनामा हिजो भएको क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउटमार्फत पराजित गरे । उनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन् । खेलको शुरुदेखि नै आक्रामक शैलीमा खेलेका…