काठमाडौं, २९ असोज । नेपाल आईसीसी टी–२० वरीयतामा एक स्थान उक्लिएको छ । आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल कमिटी (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान उक्लिएको हो । नेपाल १७ औँ स्थानमा पुगेको छ । नेपालले हालै खेलेको वेस्ट इन्डिजसँगको टी–२० शृंखला जितेको थियो । वरीयतामा भारत शीर्ष स्थानमा यथावत् छ । पाकिस्तान, श्रीलंका,…