कुमार बेनलाई तत्काल पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्टले राष्ट्रिय सुरक्षा निकायलाई समेत बोधार्थ पठायो

काठमाडौं, २६ भदौ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ । संगठनले आफ्नो प्रेस वक्तव्य राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्रकालीलाई समेत बोधार्थ पठाएको जनाएको छ । जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी…